हङकङकमा नेपाली जीवनशैली

 
alt

हङकङको प्रसिद्ध टापु सेन्ट्रलस्थित १५औं तल्लाको एउटा फ्ल्याटमा नेपाली झन्डा फहराइएको गलैंचा ओछ्याइएको सो कोठाभित्र हट्टाकट्टा व्यक्ति जीवन राई देखिन्छन् जीवनको भागदौडमा आफ्नो जन्मभूमि नेपाल छोडेर हङकङ आइपुगेका उनी सोही फ्ल्याटका मालिक भएका छन् तीन वटा बेडरुमसहितको घरमा बस्न पाउँदा उनी आनन्दले प्रफुलित छन् जीवन भन्छन्- नेपाल छोड्ने बेला समुद्रपारिको यो शहरमा आफ्नै फ्ल्याट होला भन्ने सोचेकै थिइन्

उनले ६० लाख हङकङ डलरमा उक्त फ्ल्याट किनेका हुन् उनीजस्तै केही नेपालीको आफ्नै फ्ल्याट भने धेरै जसो नेपाली बहालमा फ्ल्याट लिएर बसेका छन् परिवारसहित बस्नेलाई फ्ल्याट नभइनहुने रहेछ उनले भने २० वर्षजति ब्रिटिस सेनामा सेवा गरेवापत १० वर्षअघि नै सपरिवार हङकङ आएका उनी अहिले नाम, दाम सबै थोक भए पनि आफ्नो विगतको संघर्षमय दिन बिर्सन चाहँदैनन्

केही नेपालीले कार पनि किनेका छन् उनीहरु आफ्नो काममा जाँदा कारमा हुइँकिन्छन् करिब एक दशकदेखि हङकङमा बस्दै आएका श्याम राई भन्छन्- यहाँ डलर कमाउन सजिलो तर बचाउन गाह्रो बरु यता अलिअलि बचाएको पैसा नेपाल पठाउन सकियो भने त्यहाँ घर किन्न सक्ने अवस्था हुन्छ l

~ by ghorepani on June 6, 2008.

Leave a Reply